मैले देखेकाे र भाेगेकाे टिकापुर घटना(२०७२ साल भदाै ७ गते)

म त्यतिबेला उग्रतारा गण टिकापुर कैलालिमा सशस्त्र प्रहरी जवानकाे रुपमा कार्यरत थिए,घटना हुनु अगाडि,घटना हुदा र भईसके पछि म त्यहीँ थिए(म घटनामा घाईते पनि हुं) घटनाकाे केही दिन अगाडि देखि नै थारुहट समूह र अखण्ड सु.प. समूह बिच बेला बेलामा झडप र विवाद हरु भईरहेका थिए,त्यसैबेला मिति २०७२ साल भदाै ६ गते यस्ता झडपलाई नियन्त्रण गर्ने उद्देश्यले सर्वपक्षीय बैठक बाेलाईयाे जसमा थारु संघर्ष समिति संयाेजक रेशम चाैधरि सहित,सराेकारवाला सम्पुर्ण संगै सुरक्षा निकाय संग सशस्त्र प्रहरिकाे गण भित्रै विभिन्न निर्णयहरु गरियाे। जसमा अाफ्नाे माग सहित अान्दोलनजारि राख्ने तर निशस्त्र र शान्तिपुर्वक प्रस्तुति देखाउने, त्यसै अनुसार प्रहरिले पनि शान्तिपुर्ण अान्दाेलनलाई दमन नगर्न अाग्रह गरियाे। यसै सहमति र निर्णयलाई टेकेरै सुरक्षा निकायका प्रमुख बाटै अाफ्नाे टिमलाई बल प्रयाेग नगर्ने अादेश दिईयाे। ७ गते बिहान ६ बजे देखि मेराे डिउटि १५ -२० जना(नेपाल प्रहरी र हामी) रेशम चाैधरिकाे निजि रिसाेर्ट(फुलबारि रिसाेर्ट) मा खटाईयाे किनकि अर्काे समुहबाट रेशममाथि हमलाकाे अाशंकाले सुरक्षा दिईएका...