मैले देखेकाे र भाेगेकाे टिकापुर घटना(२०७२ साल भदाै ७ गते)


म त्यतिबेला उग्रतारा गण टिकापुर कैलालिमा सशस्त्र प्रहरी जवानकाे रुपमा कार्यरत थिए,घटना हुनु अगाडि,घटना हुदा र भईसके पछि म त्यहीँ थिए(म घटनामा घाईते पनि हुं)
घटनाकाे केही दिन अगाडि देखि नै थारुहट समूह र अखण्ड सु.प. समूह बिच बेला बेलामा झडप र विवाद हरु भईरहेका थिए,त्यसैबेला मिति २०७२ साल भदाै ६ गते यस्ता झडपलाई नियन्त्रण गर्ने उद्देश्यले सर्वपक्षीय बैठक बाेलाईयाे जसमा थारु संघर्ष समिति संयाेजक रेशम चाैधरि सहित,सराेकारवाला सम्पुर्ण संगै सुरक्षा निकाय संग सशस्त्र प्रहरिकाे गण भित्रै विभिन्न निर्णयहरु गरियाे।
जसमा अाफ्नाे माग सहित अान्दोलनजारि राख्ने तर निशस्त्र र शान्तिपुर्वक प्रस्तुति देखाउने,
त्यसै अनुसार प्रहरिले पनि शान्तिपुर्ण अान्दाेलनलाई दमन नगर्न अाग्रह गरियाे।
यसै सहमति र निर्णयलाई टेकेरै सुरक्षा निकायका प्रमुख बाटै अाफ्नाे टिमलाई बल प्रयाेग नगर्ने अादेश दिईयाे।
७ गते बिहान ६ बजे देखि मेराे डिउटि १५ -२० जना(नेपाल प्रहरी र हामी) रेशम चाैधरिकाे निजि रिसाेर्ट(फुलबारि रिसाेर्ट) मा खटाईयाे किनकि अर्काे समुहबाट रेशममाथि हमलाकाे अाशंकाले सुरक्षा दिईएकाे थियाे सुरक्षा निकायबाट,
त्यहि दिन टिकापुर क्षेत्रमा निषेधाज्ञा क्षेत्र पनि ताेकिएकाे थियाे।
त्यसै अनुरुप चारैकिल्लामा सुरक्षाकर्मिहरु खटाईयाे।
बिहान ०९-१० बजे तिरकाे कुरा हाे रेशम अाफ्नाे निवास(रिसाेर्ट)बाट बाईकमा कालाे चस्मा,कालाे मास्क सहित अाफु नचिनिने तरिकाले बाहिर निस्किए संगै अाशंकित पार्ने खालकाे अाफ्नाे अभिव्यक्ति छाेडेर गए, हामी उनकाे पहिरन र भनाईबाट सशंकित त थियौँ नै तर प्रहरिमाथिकाे हमला सम्म साेचेका थिएनौं हामिलाई लाग्याे सायद अर्काे समूह संग झडप गर्न सक्ने सम्म अाशंका भयाे। जाे निषेधाज्ञा र सुरक्षाका हिसाबले संभव हुदैन भन्ने लाग्याे।
मेराे डिउटि करिब ११ बजे तिर फेरियाे र म व्यारेक तिर फर्किए, फर्केपछि खाना खादैथियाैं सायद सबैजनाले खाईसकेका पनि थिएनौं त्यतिबेलै टिकापुर भैंसी हाट बजार क्षेत्रबाट अान्दोलनकारि हरु निषेधाज्ञा क्षेत्र तेाडेर सुरक्षाकर्मी लाई नै पछाडि गर्दै उग्र रुपमा अगाडि बढ्दैछन भन्ने खबर संगै थप सुरक्षाकर्मि बाेलाईयाे जसमा म पनि सामेल भए र संगै थप टाेलिमा सशस्त्र प्रहरी उपरीक्षक(SP) लक्ष्मण सिंह, स्व.प्रहरी बरिस्ठ उपरीक्षक(SSP) लक्ष्मण न्याैपाने सर सहितकाे टाेलि पनि त्यहाँ पुग्याे र पछाडि हुदै गरेका सुरक्षा कर्मिहरु राेकिए । हाम्रा कमाण्डर लक्ष्मण न्याैपाने सर अान्दाेलनकारि हरुलाई सम्झाउदै थिए तर त्यसकाे गलत फाईदा उठाउदै हामिलाई नै अप्ठ्याराेमा पार्ने गरि चारैतिरबाट घेरेर गुलेलिबाट ढुङ्गा प्रहार गर्न लागे।
म लाठी र ढाल सहित डिउटिमा थिए। त्यहाँ लाठिले कामै थिएन किनकि उनिहरु टाढैबाट गुलेलिले प्रहार गरिरहेका थिए, हामी अाफुलाई गुलेलिकाे ढुङ्गा बाट बचाउदै सबैजना चारैतिरबाट पछाडि, पछाडि हुँदै गयाैं नभन्दै एकैछिनमा हामी(सुरक्षाकर्मि सबै) एकठाउमा डल्लाे हुन पुग्यौं र हामी संग अब पछाडि हुने ठाउँ पनि रहेन किनकि चारैतिरबाट घेरिसकेकाे थियाे।
केही साथिहरु हतियार सहित पनि हुनुहुन्थ्यो तर फायर खाेल्ने बिषयमा सुरुमा अादेश पनि भएन र यति सम्मकाे हमला हाेला भन्ने कल्पना पनि गरिएन र संयमित नै भईयाे। तर पछिकाे हाम्राे एकैठाउकाे गुल्ट्याई र गुलेलिकाे ढुङ्गा असङ्ख्य मात्राकाे प्रहारले हतियार खाेल्न सम्म संभव भएन किनकि हामी एकै ठाउँमा गुल्टिदा अल्झियाैं सायद त्यसकाे फाईदा ती अान्दोलनकारिले लिए र गुलेलिकाे हमला लाठि र अन्य घरेलु हतियारले नजिकै अाएर बर्षाउन थाले, हामी धेरै कुटियाैं,पिटियाैं। भाग्ने ठाउँ पनि केही बेर सम्म मिलेन एकतिर घरले छेकेकाे अर्काे दुई तिर राेड जहाबाट अान्दोलन कारि सयांै काे संख्यामा थिए र अर्काे साईडमा खेत थियाे र राेडकाे किनार ठुलाे ठुलाे काठ र तारहरुले बारिएकाे थियाे तर संयाेग बस त्याे लगाएकाे बार भत्किन पुग्याे र हामि त्यसकाे फाईदा लिदै खेत तिर निक्लियाैं त्यसैबेला म माथि पनि Direct रुपमा प्रहार भयाे र हात भाचियाे जसका कारण मैले समातेकाे ढाल त्यसै ठाउँमा झर्न पुग्याे किनकि हातले काम गर्न छाेडिसकेछ। तर हामी लगत्तै खेतमा पुगेकाे भएर खेतमा लगभग घुडा सम्मकाे पानी थियाे र अान्दाेलनकारिहरु टाढैबाट प्रहार गर्दै थिए तर त्याे खेतकाे पानिकाे कारणले नजिक अाउन सकेनन,
त्यतिबेलै हामिबाट छुटेका साथिहरुलाई निर्मम रुपबाटै हत्या गरिएछ । हामी लगभग सबैजना केही न केही चाेटबाट घाईते भईसकेका थियौं गुलेलि नलागेकाे र डाम नभएकाे सायद body protect र हेलिमेट भएकाे ठाउँ बाहेक कुनै ठाउँ बाकि थिएन, त्यहि बेला त्यसै भिडमाथि फर्केर हमला गर्न सकिएन र थप फाेर्स अाउन पनि ढिलाइ भयाे। हामी खेतबाटै व्यारेक तिर फर्कियाैं । अनि व्यारेक भित्र पुगिसकेपछि घटनाकाे बिस्तृत जानकारि पाए, त्यतिबेला थप टाेलि पनि गयाे तर अान्दाेलनकारि हरु तितर वितर भईसकेका रहेछन् ।
हाम्राे टिमका २ जना र नेपाल प्रहरिका ५ जना सहितकाे लास भेटिन पुग्याे।जसमा हाम्राे SP सरकाे सुरक्षा गार्ड समेत रहेका हवल्दार सावलाई त पेट्राेल छर्केरै जलाएकाे पाईयाे, अनि SSP न्याैपाने सर, inspector केशव बाेहरा लगायतलाई भाला राेपेर मारेकाे पाईयाे।
अब भन्नुस याे हत्या नभएर के हाे?
यस्ताे नियाेजित हत्यालाई पनि राजनिती करण गरेर रिहाइ गर्ने कुचेष्टा गर्नु अन्याय मात्रै हाेईन महाअपराध हाे,
त्यसैले देउवा सरकारले यस्ताे अपराध गरेर कलंककाे टीका नलगाउन हुन अाग्रह अन्यथा यसका विरुद्ध सडक देखि अदालत सम्म जस्ताे सुकै कदमका लागि मेराे साथ,सहयाेग र पुर्ण समर्थन रहनेछ।
भु.पु सशस्त्र प्रहरि
राजेन्द्र ऐर


Comments

Popular posts from this blog

The high-resolution image was taken by the Hubble Space Telescope ( NASA/ESA)

Institution of Engioneering (IOE)

Fataha of Nepal !